दुईथान पेस्तोलसहित तीनजना पक्राउ

काठमाडौँ, ९ मंसिर । ‘जेनजी’ प्रदर्शनमा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुईथान पेस्तोलसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । झापाको दमकबाट प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ का २६ वर्षीय सरोज पुरी र इलामको चुलाचुली गाउँपालिका–४ का ३० वर्षीय पवन हाङसुङ्वालाई दुईथान पेस्तोल र २० राउन्ड गोलीसहित पक्राउ गरेको हो । सोमबार राति प्रहरीको संयुक्त टोलीले…