काठमाडौँ, २१ पौष । रौतहटको हुलाकी राजमार्गअन्तर्गत भुवाली चोकमा ईभी भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान दुर्घटनामा बौधीमाई नगरपालिका–२, इनर्वा गाउँका २५ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको हो । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिए पनि…