काठमाडौँ, २३ पौष । कञ्चनपुरको बेलडाँडी गाउँपालिका चवन्नीबाट लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार सोही गाउँपालिका–२, चवन्नी खल्लास्थित ‘आउट अफ जोन’ रिसोर्ट नजिकबाट १८ वर्षीय निशान्त रानालाई पक्राउ गरेको हो । लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको…