सिकार खेल्ने क्रममा बन्दुक पड्किँदा एक जनाको मृत्यु

काठमाडौँ, २९ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरी पखेरा जंगलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो सिकार खेल्न जंगल गएका दुई साथीमध्ये एकजनाको भरुवा बन्दुक अचानक पड्किँदा अर्का साथीको मृत्यु भएको हो । मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ बालुभञ्ज्याङ बस्ने ५० वर्षीय सेते…