काठमाडौँ, २१ पौष । सर्लाहीमा गोली चलेको छ । जिल्लाको रमानगर वडा नम्बर ५ बैजनाथमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ । उक्त स्थानमा प्रहरीले मापसे चेक गरिरहेको थियो । मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए ।…