कम भिजिबिलिटीका कारण उडान अवरुद्ध

काठमाडौँ, २१ पौष । कम भिजिबिलिटीका कारण आज बिहान तराईका अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत विमानस्थलमा उडान/अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन ।  तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी सुधारोन्मुख रहेको छ ।