काठमाडौँ, २० पौष । काठमाडौँको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । आज दिउँसो उनी ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुंगा प्रहरीले जनाएको छ । युवतीको मृत्युको कारण अझै खुलेको छैन…