काठमाडौँ, १४ पौष । बैतडीको सिगास गाउँपालिका–३ स्थित लगन बजारमा पहिलोपटक बिजुली पुगेको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको संयुक्त प्रयासमा यहाँ बिजुली पुगेको हो । लामो पर्खाइपछि बत्ती बाल्न पाएपछि स्थानीय बासिन्दा खुसी रहेका भएका छन् । गाउँपालिका –३ का वडाअध्यक्ष अमरसिंह धामीले पहिलोपटक बिजुली पुग्दा त्यहाँका बासिन्दा निकै खुसी…