आजदेखि ‘मह उत्सव’

काठमाडौँ, ११ पौष । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि आजदेखि चितवनमा पौष १५ गतेसम्म मह उत्सव सुरु गर्दै छ ।  परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइनेछ । परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण,  ‘प्याकेजिङ लेबलिङ’ मा सहयोग…