काठमाडौँ, २ मंसिर । महोत्तरीमा छुरा प्रहार गरी एक वृद्धको हत्या भएको छ । महोत्तरीका प्रहरीका अनुसार हत्या हुनेमा जलेश्वर नगरपालिका-९ का ६० वर्षीय बेचन राय रहेको छ । सोमबार साँझ जलेश्वर नगरपालिका-९ आगेपुल स्थित उनीमाथि एक युवकले छुरा प्रहार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्दा चिकित्सकले मृत घोषणा गरेको हो ।…