काठमाडौँ, २१ मंसिर । इंग्ल्यान्डका अलराउन्डर रवि बोपराको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्ससामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा १३० रन बनायो । चितवनबाट खेलिरहेका इंग्ल्यान्डका अलराउन्डर बोपराले ४० बलमा सात चौका र एक छक्कासहित अविजित…