लुम्बिनीविरुद्ध पोखराको जित

काठमाडौँ, २१ मंसिर । आन्द्रियस गौस र दीनेश खरेलको कीर्तिमानी साझेदारीप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको शानदार जित निकालेको छ । जारी प्रतियोगितामा पोखराको तेस्रो खेलमा यो पहिलो जित हो । पोखरा यसअघि पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।…