हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा, २ कार्तिक । हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो ।  छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । निजको घटनास्थलमा नै मृत्यु भएको हो ।