काठमाडौँ, १ मंसिर । सिन्धुलीमा भालुको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मरिण गाउँपालिका–१ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसिङको मृत्यु भएको हो । आफ्नो घरदेखि अन्दाजी १ किलोमिटर उत्तरतर्फ रहेको सिम्ले खोल्सी जंगलमा बिहीबार छिमेकी बाख्रा भालुले लगेको थियो । शुक्रबार गोपिलालसहित ७र८ जना बाख्रा खोज्न जंगल पुगेका थिए…