भैरहवा उडेको बुद्धको जहाज पोखरा ‘डाइभर्ट’

काठमाडौँ, २७ कार्तिक । काठमाडौँबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा ‘डाइभर्ट’ गरिएको छ । बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ जहाज काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउन सकेको छैन । उता, पोखरामा पनि आज बिहानैदेखि ‘भिजिबिलिटी’ नहुँदा जहाजहरू उड्न सकेका छैनन्…