लमजुङ, २९ कार्तिक । लमजुङको दूधपोखरी गाउँपालिका–२ विचौरस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोही ठाउँकी २७ वर्षीया पृथी गुरुङलाई सिम्रिक हेलिकप्टरबाट आज पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको हो । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको पहलमा उद्धार गरिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु-याई गुरुङको शल्यक्रिया…