काठमाडौँको एक पसलमा आगलागी

काठमाडौँ, १६ कार्तिक । काठमाडौँको एक पसलमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलागी भएको हो ।  आगलागीबाट चार लाखभन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।