खुकुरी प्रहार गरी महिलाको हत्या

गोरखा, २४ असोज । पालुङटार नगरपालिका–७ कि २८ वर्षिय रस्मी कुमालको खुकरी प्रहार गरि हत्या भएको छ । बुधबार राती करिब १२ बजे घरमा छिर्न लागेकी कुमालमाथि अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाँटीको दाहिने भागमा गहिरो चोट लागेकी कुमाललाई उपचारका लागि तनहुँस्थित लक्ष्मी समुदायिक अस्पताल डुम्रे पुर्‍याइएको थियो । डुम्रेबाट दमौली अस्पताल…