रौतहटमा डुबेर एकको मृत्यु

रौतहट, ७ असोज । राजदेवी नगरपालिकामा एक जना जितिया व्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । राजदेवी-८ लक्ष्मीपुर गाउँ छेउको पोखरीमा सोमबार दिउँसो नुहाउने क्रममा स्थानीय ४५ वर्षीया गिरिजा देवी कानुको डुबेर मृत्यु भएको हो । व्रतालु महिला नुहाउने क्रममा डुबेको खबर पाएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट गएको…