काठमाडौँ, २७ भदौ । अविरल वर्षाका कारण पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१, गगने खोला र एस मोडमा बुधबारदेखिको अविरल वर्षाका कारण पहिरो आएर सडक अवरुद्ध भएको हो । उक्त क्षेत्र निरन्तर पहिरो आइरहने क्षेत्र हो । कालिकोट प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ…