कर्णालीका चार जिल्लामा दुई दिनदेखि विद्युत अवरुद्ध

काठमाडौँ, २४ भदौ । कर्णालीका चार जिल्लामा विद्युत अवरुद्ध भएको छ । दैलेख-सुर्खेत विद्युत प्रसारण लाइनमा समस्या आएपछि हिजोदेखि सुर्खेत, कालीकोट , जुम्ला र मुगुको  विद्युत सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसेत यादवका अनुसार अहिलेसम्म प्रसारण लाइनमा कहाँ र के समस्या आएको पत्ता लगाउन नसकेकाले मर्मतमा समस्या भइरहेको…