काठमाडौँ, १७ कार्तिक । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका–३ घर भएका ३१ वर्षीय राहुल पुन्जलाई आइतबार पक्राउ गरेको हो । राहुलले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२…