काठमाडौँ, १७ कार्तिक । चन्द्रागिरि नगरपालिका–६ थानकोट स्थित महादेवस्थानबाट प्रहरीले कौडा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले ५ जना पुरुष र १ जना महिलालाई पक्राउ गरेको हो । प्रहरीले जुवा खेल्नेहरूको साथबाट १ लाख ७२ हजार नगद बरामद गरेको छ । खालबाट १६ थान कौडा बरामद गरिएको छ ।…