काठमाडौँ, ११ असार । विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ । मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको हो । वडाध्यक्ष शिवप्रसाद तामाङका अनुसार विहान ९ बजे खोलाले बगाएका उनको शव करिब एक सय मिटर तल भेटिएको छ । बालक केराबारी–४ चिउरी भञ्ज्याङस्थित…