काठमाडौँ, १६ कार्तिक । बैंकिङ कसुर मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ घर भएर नयाँ थिमी बस्ने ४७ वर्षीया पार्वती श्रेष्ठलाई पक्राउ गरेको हो । शनिबार उनलाई मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ स्थित नयाँ थिमीबाट पक्राउ गरिएको…