६ जना जुवाडे पक्राउ

काठमाडौँ, १६ कार्तिक । काठमाडौँबाट ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–६ महादेवस्थानस्थित सरिता गिरीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सरितासहित ६ जनालाई गएराति पक्राउ गरेको हो । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।…