आगलागीबाट घाइते दुई बालिकाको मृत्यु

काठमाडौँ, २५ वैशाख । ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा आइतवार एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । पाँच जना घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको हिजो बेलुका उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको  जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । अन्य दुईजनाको गम्भीर अवस्थामा उपचार भैरहेको…