मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ, २४ मंसिर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार मंगलबार साँझ दुर्घटना हुदा चौदण्डीगढी नगरपालिकाको बसाहा थुलुङडाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । अस्पताल लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।