६ महिने बालकको हत्या गरेको आरोपमा असई पक्राउ

काठमाडौँ, २२ मंसिर । काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित ओम नगर मार्गमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नो ६ महिने छोराको हत्या गरेका छन् । आइतबार साँझ धारिलो हतियार प्रहार गरेर बच्चाको हत्या गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत असई पुष्कर कार्की फरार भएका थिए ।  भाग्दै गरेको अवस्थामा उनलाई चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकप्वाइन्टबाट पक्राउ…