काठमाडौँ, २० वैशाख । धादिङको थाक्रे गाउँपालिका-५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतिको मृत्यु भएको छ । प्रहरी कार्यालय धादिङका अनुसार गएराति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो । गएराति साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा…