काठमाडौँ, २ कार्तिक । पहिरोले अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ इलाम–राजदुवाली सडकखण्ड मर्मतपछि गएराति खुलेको हो । इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार राजमार्गमा गाडी चल्न थालेको छ । सडक डिभिजन कार्यालय इलाम, स्थानीयबासिन्दा र सुरक्षाकर्मीको लगातार दुई हप्तासम्मको प्रयासपछि सडक खुलेको हो । मेची राजमार्ग सञ्चालन भएपछि…