काठमाडौँ, ११ माघ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै तराई–मधेशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी,…