काठमाडौँ, २ माघ । त्रिशूली नदीमा गाडी खसेको आशङ्कामा गोताखोर परिचालन गरी खोजी कार्य सुरु गरिएको छ । मुस्लिन प्रहरीले दिएको जानकारी अनुसार नारायणगढ–मुस्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशङ्का गरिएको छ। स्थानीयले बिहान ४ः५० बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको र सो ठाउँमा नदीमा बत्ति बलेकोले…