आजको मौसम

काठमाडौँ, १५ पौष । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञानले जनाएको छ । विज्ञानका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो  देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ…