गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै

काठमाडौँ, १५ पौष । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।  तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । वर्षभर तमु…