मकवानपुर, १३ पौष । मनहरी गाउँपालिका-९ हरियाली वनबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ । बारुद भरेको २ वटा फलामको खोकासहितको उक्त पेस्तोल बरामद भएको छ भने प्रहरीले २ जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-२ भाबर बस्ने २६ वर्षीय लाल कुमार तितुङ र १९ वर्षीय ज्ञान बहादुर स्याङतान रहेका छन्…