काठमाडौँ, ८ पौष । महोत्तरीको गौशाला नगरपालिकाका उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ । गौशाला नगरपालिका–१, रामनगरस्थित निवासअगाडि पार्किङ गरेर राखिएको गाडीमा गएराति २ः४५ बजे आगजनी भएको उपमेयर रेनुकुमारी महतोले जानकारी दिइन् । उपमेयर महतो चढ्ने मधेस प्रदेश २–००२–०००१ झ ०००५ नम्बरकोे गाडीमा आगजनी भएको हो । “राति अज्ञात व्यक्तिले गाडीमा पेट्रोल छर्केर आगो लगाएका…