समाचार

बाघको आक्रमणबाट एक जनाको मृत्यु



बर्दिया, ७ पौष । बर्दियामा बाघको आक्रमणबाट शनिबार एक जना बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बारबर्दिया नगरपालिका-४ बैरिया बस्ने रामशंकर थारुका अन्दाजी १०/११ वर्षका छोरा सुमित थारुको मृत्यु भएको हो ।

बालक बबई नदीमा नुहाउन गएको अवस्थामा जिरा सामुदायिक वन नजिकै पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो । उनलाई उपचारको लागि आर.सी. थारु मेमोरियल अस्पताल जयनगर बर्दिया लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।