काठमाडौँ, ४ पौष । म्यासेजिङ एपमा साथी बनेर वार्तालाप स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । साइबर ब्युरोका अनुसार गुल्मीको सत्यवती गाउँपालिका घर भएका ४४ वर्षीय डिल बहादुर गलामीलाई पुस २ मा बाँकेबाट पक्राउ गरिएको हो । वार्तालापको स्क्रिन रेकर्ड सम्पादन गरेर आरोपीले सामाजिक सञ्जालमा अश्लील सन्देश पोस्ट…