हात्तीले कुल्चेर वनका चौकीदारको मृत्यु

झापा, १५ मंसिर । झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका ४० वर्षीय वनलाई आज बिहान ९ बजेतिर एक्लै भएको अवस्थामा जङ्गली हात्तीले लछारपछार पारी खुट्टाले कुल्चिएको थियो ।…