बसको ठक्करबाट एक जनाको मृत्यु

चितवन, ७ मंसिर । बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका आज बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिएपछि बस अनियन्त्रित भई खेतमा खस्दा…