भक्तपुरको कौशलटारमा फेला पर्‍यो चितुवा

काठमाडौँ, २४ कार्तिक । भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा फेला परेको चितुवा डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ । चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका काठमाडौँका वन अधिकृत अशोक पराजुलीको नेतृत्वमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्टसहितको टोली खटिएको थियो । एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइएको र…