कम रेक्टरको भूकम्प जाँदा पनि जाजरकोटमा किन भयो बढी मानवीय क्षति ?

काठमाडौँ, २० कार्तिक । गत वर्ष डोटीमा गएको ६.६ रेक्टरस्केलको भूकम्प जाँदा ६ जनाको मात्र मृत्यु हुँदा अहिले जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प जाँदा १५८ जनाको मृत्यु भएको छ । यसो हुनुका कारणबारे भूकम्पविदहरुले विभिन्न कारण औल्याउनुभएको छ ।   २०७२ मा गोरखा बारपाकपछि जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति सबैभन्दा बढी मानवीय क्षति गर्ने भूकम्प गएको छ…