काठमाडौँ, २६ असोज । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने जानकारी दिएका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बताए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको खेलमा सहभागी हुन नसक्ने…