टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिलो जित

काठमाडौँ, १२ असोज । वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले क्यारेबियन टिमलाई हराएको छ । नेपालले टेस्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्ने क्रममा शनिबार दुईपटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजलाई १९ रनले निराश बनाएको हो । युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले निर्धारित…