काभ्रेपलाञ्चोक, १० असोज । दूध संकलन गर्ने भ्यान अरनिको राजमार्गबाट सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बाट आज बिहान भ्यान सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान काभ्रेको पनौती नगरपालिका–१०, पस्थलीका करिब २२–२३ वर्षका नवराज खुलालले चलाएका थिए…