जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

डडेल्धुरा, ४ असोज । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले भागेश्वर गाउँपालिका ३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । …