सवार दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ, ११ असोज । सर्लाहीमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, हुलाकी सडकखण्डमा गएराति प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका–२, बस्ने २३ वर्षीय अङ्कित चौधरी र २५ वर्षीय रोहित सहनीको मृत्यु भएको…