काठमाडौँ, १ असोज । विराटनगरका पाँच स्थानमा आजदेखि दुई महिना प्रदर्शन गर्न नपाइने भएको छ । प्रदेशको नामलाई लिएर हुनसक्ने सम्भावित प्रदर्शनलाई रोक्न प्रशासनले विराटनगरका पाँच स्थानमा प्रदर्शन तथा भेला हुन रोक लगाएको छ । प्रदेशको नामप्रति असन्तुष्ट विभिन्न समूहले फेरि आन्दोलनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुई महिनाका लागि सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता…