काठमाडौँ, २५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुई थान र बेरुवा औँठी एक थान गरी जम्मा ८५ ग्रामसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–१ बस्ने २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्वकर्मा, काठमाडौँ महानगरपालिका–८ बस्ने…